१४ चैत २०८२, बुधवार

भर्खरै

सार्वजनिक यातायात सुधार्न सभापति थापाको एकीकृत प्राधिकरण प्रस्ताव

घाम खबर संवाददाता २ फागुन २०८२, शनिवार
सार्वजनिक यातायात सुधार्न सभापति थापाको एकीकृत प्राधिकरण प्रस्ताव

काठमाडौं । गगन थापा ले सार्वजनिक यातायात सुधारका लागि एकीकृत प्राधिकरण गठन गर्ने प्रस्ताव अघि सारेका छन्। सामाजिक सञ्जालमार्फत भिडियो सन्देश दिँदै उनले सार्वजनिक यातायात क्षेत्रको वर्तमान अवस्था सुधार गर्न सरकार, सार्वजनिक निकाय र निजी क्षेत्रबीच समन्वय आवश्यक रहेको बताएका हुन्।
थापाले सार्वजनिक यातायातमा देखिएका अव्यवस्था, रुट परमिट र भाडा व्यवस्थाको असंगठित प्रणाली तथा असुरक्षित यात्रालाई मुख्य समस्या औंल्याएका छन्। राजधानीमै कामकाजी नागरिक समयमै कार्यालय पुग्न नसक्ने अवस्था रहनु गम्भीर विषय भएको उनको भनाइ छ।
उनका अनुसार सार्वजनिक यातायातलाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउने गरी संरचनात्मक सुधार आवश्यक छ। एकीकृत प्राधिकरणमार्फत रुट व्यवस्थापन, सेवा सञ्चालन र भाडा प्रणालीलाई समन्वित ढंगले सञ्चालन गर्ने तयारी भइरहेको उनले उल्लेख गरेका छन्।
सार्वजनिक यातायात सुधारलाई प्राथमिकतामा राख्दै आवश्यक नीतिगत र संस्थागत तयारी भइरहेको थापाको दाबी छ।

154 Shares

लेखकको बारेमा

घाम खबर संवाददाता

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट