१४ चैत २०८२, बुधवार

भर्खरै

ओखलढुंगाको राजनीतिमा हलचलः नेकपा केन्द्रीय सदस्यको राजीनामा, एमालेलाई खुला समर्थन

घाम खबर संवाददाता २० माघ २०८२, मङ्गलवार
ओखलढुंगाको राजनीतिमा हलचलः नेकपा केन्द्रीय सदस्यको राजीनामा, एमालेलाई खुला समर्थन

News Summary


  • नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सिताराम गुरुङले आगामी प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्न पार्टीको केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका छन्।
  • उनले आफ्नो पदमा रहँदा एमाले उम्मेदवारलाई सघाउन कानुनी तथा नैतिक बाधा पर्ने जनाउँदै यो राजीनामा ओखलढुंगाको चुनावी समीकरणमा अर्थपूर्ण मानिएको छ।

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सिताराम गुरुङले पार्टीको केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका छन्। आगामी प्रतिनिधिसभा निर्वाचनमा पार्टीले घोषणा गरेको उम्मेदवारलाई व्यवहारिक रूपमा सहयोग गर्न नसक्ने जनाउँदै उनले पदबाट अलग भएको बताएका छन्।
राजीनामापत्रमा गुरुङले आफू कोशी प्रदेशको सिद्धिचरण नगरपालिका–८, ओखलढुंगा स्थायी बासिन्दा रहेको उल्लेख गर्दै पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहँदा नेकपा एमालेका उम्मेदवारलाई सघाउन कानुनी तथा नैतिक बाधा पर्ने स्पष्ट पारेका छन्।
उनले सामाजिक सञ्जालमार्फत पार्टीमा बस्न नसक्ने अवस्था आएको सार्वजनिक गर्दै पदबाट राजीनामा दिएको जानकारी गराएका छन्। पार्टीले दिएको जिम्मेवारीमा रहँदा खेलेको भूमिकाप्रति आभार व्यक्त गर्दै गुरुङले आगामी दिनमा ओखलढुंगा जिल्लामा एमाले उम्मेदवारलाई समर्थन र सहयोग गर्ने घोषणा गरेका छन्।
राजनीतिक रूपमा अर्थपूर्ण मानिएको यो राजीनामालाई ओखलढुंगाको चुनावी समीकरणसँग जोडेर हेरिएको छ। लामो समय नेकपामा सक्रिय रहँदै आएका गुरुङको निर्णयले जिल्लाको राजनीतिक गणितमा असर पार्न सक्ने विश्लेषण गरिएको छ।
राजीनामापत्रमा उनले नेकपा एमालेका नेता, कार्यकर्ता र शुभेच्छुकहरूको चाहनाअनुसार आफ्नो राजनीतिक जीवन अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

187 Shares

लेखकको बारेमा

घाम खबर संवाददाता

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट